Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

ठूला ब्यवसायीको रोजाई अबैतनिक दुत


काठमाडौं २८ चैत । पूर्व सोभियत संघबाट फुटेर बनेको मध्य एशियाली देश किर्गिस्तानसँग नेपालको सम्बन्ध औपचारिकतामा मात्रै सिमित छ । तर यही देहशका महाबाणिज्यदूतका रुपमा रहेका शंकर गु्रपका संचालक सुलभ अग्रवाल कूटनीतिक नियोगको जस्तै २०९–एचसीसी–१ नम्बरको गाडीमा तापक्रम नाप्ने मेडिकल उपकरण थर्मोगन कालोबजारी गर्दैगर्दा पक्राउ परे । नेपालसँग सम्बन्ध नै नभएका देशको महाबाणिज्यदूत हुन ठूला ब्यापारीहरुबीच चल्ने होडबाजीको तथ्य सुलभ अग्रवालले कूटनीतिक नम्बर प्लेटको गाडीमै मेडिकल सामग्री कालोबजारी गरेर उजागर गरेका छन् । यो घटनासँगै अवैतनिक दूतले ओहदा र सुविधाको दुरुपयोग गैरकानुनी क्रियाकलापमा गर्नेगरेको दृष्टान्त बाहिरिएपछि ठूला ब्यवसायिक घरानीयाहरु नैतिक संकटमा फसेका छन् ।
युनियन फाइनान्स, जगदम्बा स्टील, हिल्टन होटलजस्ता धेरै उद्योग र ब्यापारिक प्रतिष्ठानका संचालक अरबपति ब्यापारी अग्रवालले चैत २० मा चौधरी फाउन्डेसनसँग मिलेर चीनबाट ल्याएको थर्मोगन, एन नाइन फाइभ मास्क लगायतका स्वास्थ्य सामग्री चार पाँच गुणा बढी मूल्यमा त्यही कूटनीतिक सुविधाको गाडीमा राखेर कालोबजारी गर्दैआएको खुलेपछि परराष्ट्र मन्त्रालयले अवैतनिक दूतले पाउने सबै सुविधा खारेज गरेको छ भने कालोबजारीमा संलग्न अग्रवाल अबैतनिक दृतबाट पदच्युत गरिएका छन् ।  अवैतनिक दूत हुने र त्यसबापत प्राप्त सुविधा गैरकानुनी क्रियाकलापमा लगाउने गरेका घटना सुनिए पनि अग्रवाल पक्राउ प्रकरणले यो आशंकालाई पुष्टि गरिदिएको छ ।  अवैतनिक दूत भएपछि नेपालको हकमा कूटनीतिक नियोगले प्रयोग गर्ने नम्बर प्लेटको गाडी प्रयोग गर्न पाउने र उक्त गाडी कहीँ पनि जाँच नहुने भएकाले ठूला व्यवसायीहरु नै यसमा प्रतिस्पर्धी देखिएका छन् ।
सरकारले दिएको निलो प्लेटको गाडी सुविधाको दुरुपयोग  गर्न पाइने भएपछि किर्गिस्तान, हंगेरी, बुल्गेरिया, चिली, इथोपिया, चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, युक्रेन, फिजी, गिनी जस्ता देशमा समेत अवैतनिक दूत बन्ने होड चल्यो । लाटिभिया, लिथुअनिया, पेरु, पपुवा न्यूगिनी, सोल्भाक रिपब्लिक, सोल्भानिया,माल्टाले पनि अबैतनिक दूत पाए ।
यी र यस्ता छन्, ५१ देशमा रहेका अबैतनिक महावाणिज्य दूतहरु
चौधरी ग्रुपका अर्थात विनोद चौधरीको परिवारका मात्रै ५ जना अवैतनिक दूत छन् ।
१ . चौधरी ग्रुपका वसन्तकुमार चौधरी– मोरक्को
२. चौधरी गु्रपकै अरुणकुमार चौधरी–हंगेरी
३.बिनोद चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी– सर्बिया
४.चौधरीका माइला छोरा राहुल चौधरी–माल्दिभ्स
५.चौधरीका कान्छा छोरा बरुण चौधरी– काजकिस्थान
६.शंकर गु्रपका साहिल अग्रवाल–बोस्निया हर्सगोभेनिया
७.ब्यावसायी अजयराज सुमार्गी–बेलारुस
८आइएमई गु्रपका संचालक चन्द्र ढकाल–इण्डोनेसिया
९.मनकामना केबलकारका राजेशबाबु श्रेष्ठ–अष्ट्रिया
१०. चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ– भियतनाम
११.एसिएन एयरका संचालक आङछिरिङ शेर्पा– बेल्जियम
१२.खेतान गु्रपका व्यवसायी राजेन्द्र खेतान– पोर्चुगल
१३.खेतान गु्रपकै प्रेमप्रकाश खेतान– टर्की
१४. द्वारिका होटलकी संचालक अम्बिका श्रेष्ठ– स्पेन
१५.बैंकर तथा गोल्डस्टार जुत्ता उत्पादक अमिरप्रताप राणा– क्रोसिया
१६. हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ–आयरल्याण्ड
१७.ज्योति ग्रुपका पद्मज्योति–साइप्रस
१८.कालिका कन्ट्रक्सनका बिक्रम पाण्डे–ग्रिस
१९.पंचकन्या गु्रपका प्रदीपकुमार श्रेष्ठ– दक्षिण अफ्रिका
२०.बिवादित उखु मिल सञ्चालक शशीकान्त अग्रवाल– इक्वेडर
२१.शारदा ग्रुपका शिवरतन शारदा– जर्जिया
२२ व्यवसायी अशोककुमार अग्रवाल गिनी
२३ ब्यवसायी नरेश श्रेष्ठ इरान
२४. व्यवसायी प्रतिमा राणा पाण्डे–इटली
२५ व्यवसायी कर्ण बैद्य– लात्भिया
२६.शोभारकर न्यौपाने–लिथुहनिया
२७. स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछाने– लक्जमबर्ग
२८ उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य–फिलिपिन्स
पर्यटन व्यवसायी त्रय नवराज दाहाल– इष्टोनिया, हरि धरेल डेनमार्क र भोलाबिक्रम थापा बुल्गेरियाका वाणिज्य दुत छन भने क्यानडामा बुद्ध बस्नेत, इथोपियामा राजेन्द्र गिरी, कोलम्बियामा विनयमान श्रेष्ठ, चिलीमा वसन्तराज मिश्र, चेक रिपब्लिकका लागि बिष्णुकुमार अग्रवालले नियुक्ति पाएका छन् । मेक्सिकोमा नरेश दुगडले माल्टामा दिनेश श्रेष्ठ, मंगोलियामा छेतेन गुर्मेन श्रेष्ठ पोल्याण्डमा लोकमान्य गोल्छा, पेरुमा सुमितकुमार अग्रवाल, स्लोभाक रिपब्लिकमा पासाङदाबा शेर्पा, स्वीडेनका गजेन्द्रबहादुर श्रेष्ठ, तान्जेनियाका राजेश चौधरी र युक्रेनका किरण बैद्यले मानार्थ अनरी कन्सुलरको पद ओगटेका छन् । अवैतनिक महाबाणिज्यदूत(अनररी कन्सुलर) एक मानार्थ पद । नेपालमा अवैतनिक दूत कानुन विपरीत काम गरी उन्मुक्ति पाउनका लागि लिने क्रम बढेको देखिएको छ । नेपालमा सरकारले अवैतनिक दूतहरूलाई कूटनीतिक सुविधा उपलब्ध गराएको भएपनि भर्खरैमा खोसेको छ । नेपालले अवैतनिक दूतका रुपमा विभिन्न देशमा पठाइएकाहरुले भने अहिलेसम्म कुनै पनि सुविधा त्यहाँको सरकारबाट पाएका छैनन । भियना कन्भेन्सनले पनि सुविधा दिनेबारेमा केही बोलेको देखिदैन । ब्यापारीहरु नै अबैतनिक दुत बन्न मरिहत्ते गर्ने अनि उनीहरुलाई कुटनीतिक सुविधा सहितको नियुक्ती दिने सरकारको नियतले व्यवसायी र राजनीतिज्ञकै साँठगाँठमा पद र सुविधाको दुरुपयोग भैरहेको त छैन भन्ने प्रश्न उब्जाइदिएको छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अबैतनिक दुत

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं