मेडिकल कलेजको मनपरी, अझै गरिएन बढी लिइएको शुल्क फिर्ता

काठमाडौं ६ मंसिर । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले शुल्क फिर्ता माग्दै सुरु गरेको आन्दोलनका कारण चार वटा मेडिकल कलेजको पठन पाठन ठप्प भएको छ । वीरगन्जको नेसनल, कास्कीको गण्डकी, चितवनको चितवन र रूपन्देहीको युनिभर्सल मेडिकल कलेज ठप्प भएका हुन् । उनीहरूले आन्दोलन थालेको तीन साताभन्दा बढी भइसकेको छ । नेसनल मेडिकल कलेजमा झन्डै एक महिनादेखि आन्दोलित विद्यार्थीलाई बिहीबार कलेज प्रशासनले ज्यान मार्ने धम्की दिएको छ । धर्नामा बसेकालाई धम्क्याइएको र राति अबेरसम्म छात्रावास प्रवेश गर्न नदिइएको विद्यार्थीले बताएका छन् । बढी लिएको शुल्क फिर्ता लिन शान्तिपूर्ण धर्ना गर्दा जिउँदै जलाइदिन्छौं भनेर त्रस्त बनाइएको विद्यार्थीको गुनासो छ । करिब १ महिनादेखि सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता माग्दै नेसनलका विद्यार्थी आन्दोलित छन् । कुटपिट र दमनको विरोधमा देशभरका मेडिकल कलेजका विद्यार्थीले काठमाडौंमा तीन दिनसम्म प्रदर्शन गरेका थिए । सरकारले मेडिकल कलेजहरूलाई अतिरिक्त शुल्क फिर्ता गर्न दिएको पछिल्लो अल्टिमेटम सकिन ३ दिन मात्र बाँकी छ । १५ दिनभित्रशुल्क फिर्ता नगरे मन्त्रिपरिषद्को निर्णयअनुसार कलेज सञ्चालकहरूलाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ । उता कास्कीको गण्डकी मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन १० दिनदेखि जारी छ । तालाबन्दीका कारण पढाइ हुन सकेको छैन । गत फागुनदेखि शुल्क फिर्ता माग गर्दै विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । चितवन मेडिकल कलेजमा भदौ ५ गतेदेखि सुरु विद्यार्थीको आन्दोलन पनि जारी छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी तीन सातादेखि आन्दोलनमा छन् । शुल्क विवादमै सम्पत्ति शुद्धीकरण विभागले कलेजहरू सञ्चालक, उच्च तहका कर्मचारी र उनीहरूका नातेदारको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #मेडिकल कलेजको मनपरी
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्