Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

नेपाली कांग्रेस पदाधिकारी बैठक


काठमाडौं ६ कार्तिक । नेपाली कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बस्ने भएको छ । बिहिबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका बारेमा बैठक केन्द्रित रहने जनाइएको छ । कांग्रेसले उपनिर्वाचनका बारेमै छलफल गरेर पार्टीबाट निर्वाचन लड्ने उमेदवारका बारेमा आवश्यक निर्णय गर्न बिहिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बूढानीलकण्ठमै मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि उपनिर्वाचनलगायतका बिषयमा अनौपचारिक छलफल भएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं