कार्तिक १३ गतेदेखि गोविन्दको अनशन
काठमाडौं २७ असोज । डाक्टर गोविन्द केसीले पुनः बिभिन्न माग राख्र्दै अनसन बस्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सार्वजनिक गर्नुपर्ने लगायतका बिभिन्न माग अघि सारेका हुन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने चेतावनी दिएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ११ दिने अल्टिमेटम दिएका हुन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डाक्टर केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ती प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखे । त्रिवि शिक्षण अस्पतालको सेवाबाट सोमबार नै अवकास प्राप्त उनले अबको अनशन कहाँ बस्ने भन्नेबारे खुलाएका छैनन् । सरकारले डाक्टर केसीका माग पूरा गर्ने सम्भावना भने निक्कै कम देखिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #gobinda kc
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्