प्रेम प्रस्ताव नस्वीकारेको भन्दै वीरगंजमा स्कुल जाँदै गरेकी छात्रामाथि एसिड प्रहार
पर्सा २० भदौ । वीरगंजमा विद्यालय जाँदै गरेकी एक किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि छिमेकी युवकले एसिड प्रहार गरेका हुन् । खातुनमाथि छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन् । घरबाट करिब १ किलोमिटर पूर्व उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान ६ बजेर १५ मिनेटमा सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए । घटनापछि प्रहरीले एसिड प्रहार गर्ने सम्सादलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अर्का मजिद आलमको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ । एकपक्षीय प्रेमका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ । एसिड प्रहारबाट किशोरी मुस्कानको गाला र जीउमा पोलेको छ । उनको वीरगंजको नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #asit prahar
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्