कृष्णजन्माष्टमी–भगवान कृष्णको पूजा आराधना र उपासना गरी मनाइदैं
काठमाडौं ६ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको पुराणमा उल्लेख छ । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं अवतारका रुपमा कृष्णको जन्म भएको विश्वास छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् कृष्ण जन्मिएर उनकै मामा कंशको बध गरेको धर्मशास्त्रहरुको कथन छ । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भजन कीर्तन गर्ने परम्परा छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #krishna janmastami
ताजा खबर
- १सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति
- २ज्ञानेन्द्र शाहीलाई रविको आग्रहः सँगै कयौँ राजनीतिक सहकार्य गर्न बाँकी नै छ
- ३मन्त्रीपरिषद बिस्तार : गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त
- ४दुई सातामै श्रममन्त्री दीपककुमार साह बर्खास्त
- ५पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा



तपाईको कमेन्ट लेख्नुहोस्