घटेकै हुन् त बैदेशिक रोजगारमा जाने ?
नेपालीका बैदेशिक रोजगार गन्तव्य मुलुकमा ‘फ्रि भिषा फ्रि टिकट’ प्रभाबकारी कार्यान्वयन नहुँदा विदेशिने कामदारको संख्या घटेको छ । बैदेशिक रोजगार कार्यालयको तथ्याङक अनुसार पछिल्लो एक वर्षमा श्रम स्विकृति लिनेको संख्या घटेको हो । स्वदेशमै रोजगारीको अवसर सिर्जना भएर नभई मलेसिया विवादका कारण यस्तो भएको हो । व्यक्तिगत रुपमा वैधानिक तवरले स्विकृति लिई विदेश जानेको संख्या भने केही बढेको छ । आर्थिक वर्ष ०७३–७४मा बैदेशिक रोजगारमा श्रम स्वीकृत लिनेको संख्या ६ लाखको हाराहारीमा थियो । बैदेशिक रोजगार कार्यालयको अनुसार अघिल्लो आर्थिक बर्ष आर्थिक वर्ष ०७४–७५मा श्रम स्वीकृत लिएर विदेश जानेको संख्यामा १०.१ प्रतिशतले कमी आयो । एक वर्षको तथ्यांक हेर्दा रोजगारीको लागि अनुमति लिने संख्या वार्षिक रुपमा घट्दै गएको छ । आर्थिक बर्ष ०७५–०७६ मा बैदेशिक रोजगार सिलसिलामा ५ लाख ८ हजार ८ सय २८ जानले श्रम स्वीकृत लिएको कार्यालयले बताएको छ । वैदेशिक रोजगारीमा कामको सिलसिलामा श्रम स्वीकृत लिएर विदेश जाने संख्या पछिल्लो बर्षमा कमी आएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । गत आर्थिक बर्षमा सबै भन्दा बढी बैदेशिक रोजगारको लागि जानेमा कतार र साउदी अरबमा बढी रहेका छन् । बैदेशिक रोजगारमा कतार जानेको संख्या १ लाख ६१ हजार २ सय १५ जना थिए । साउदी अरबमा १ लाख १७ हजार ९ सय ४ जनाले स्विकृति लिएका थिए । यस्तै युएइ मा १ लाख १९ हजार ८ सय ५५ ले स्विकृति स्विकृति लिएका छन् । नेपालीका रोजगार गन्तव्य मुलुकमा फ्रि भिषा फ्रि टिकटको नीति ल्याए पनि यसलाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्न नसक्दा विदेशिने कामदारको संख्या घटेको हो । गत आर्थिक बर्षदेखि मलेसियामा कामदा पठाउन बन्द हुँदा पनि श्रम स्विकृति लिएर विदेश जाने कामदारको सख्यामा कमी भएको देखिन्छ । नेपालबाट मुख्य गरी वैदेशिक रोजगारका लागि मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरव, कुवेत, दक्षिण कोरिया जाने गरेका छन् । यस्तै बहराइन, ओमान, अफगानिस्तान, जापान, इजरायल, लेवनान लगायतका मुलुकमा जाने गरेका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ट्याग : #baidesik news
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्