किन रोकिएको छ मलेसियामा कामदार जान
काठमाडौं १७ साउन । सरकारले आर्थिक वर्ष २०७५–७६ मा बैदेशिक रोजगारमा युवा पठाउन भन्दै विभिन्न देशसँग श्रम सम्झौता गरेको छ । तर सम्झौता गरेको महिनौ बितिसक्दा पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यसले वैदेशिक रोजगारीको आशामा बसेकाहरुलाई मारमा परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आर्थिक वर्षमा मलेसिया लागि नेपाली श्रमिक पठाउन सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । तर, श्रम सम्झौता भएको ९ महिना वितिसक्दा पनि नेपाली कामदार मलेसिया जान सकिरहेका छैनन् । सम्झौता भएको महिनौ वितिसक्दा पनि मन्त्रालयका अधिकारी भने कामदार पठाउने विषयबारे छलफलमै व्यस्त रहेको बताउछन् । कामदार विदेश पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डाक्टर नाराण रेग्मीको रेडिमेट जवाफ छ हामी चाँडै सबै व्यवस्था गर्छौँ । मन्त्रालयका अधिकारीले यस्तो गैरजिम्मेवार जवाफ दिई रहदाँ रोजगारी पाईने आशमा बसेका नेपाली कामदारहरु निरास भैरहेका छन् । श्रमिक लिने र दिनेबीच सम्झौता भएपनि अन्य विषयमा छलफल गर्नुपर्ने भएका कारण श्रमिक आपूर्ति गर्ने विषयमा केही समय ढिलाइ भएको श्रम मन्त्रालयका अधिकारीको जिकिर छ । पछिल्लो १४ महिना देखि भने नेपाली कामदार मलेसिया गएका छैनन् । मलेसिया र नेपालबीच गएको कात्र्तिक १२ गते सरकारी स्तरिय श्रम सम्झौता भएको थियो । मलेसियामा लामो समयदेखि नेपाली कामदार कामकालागि जाने भएपनि यस अघि सरकारी स्तरमा दुई देशविच कुनै किसिमको सम्झौता थिएन । श्रमिक आपूर्ति गदै आएको लामो समयपछि मलेसियासँग श्रम सम्झौता भएको र अब सबै प्रकृया सुरक्षित हुन्छ भन्ने आशाले खुशी रहेका कामदारहरुलाई भने सम्झौता कार्यान्वयनमा सरकारले ढिलाई गर्दा मर्का परेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ट्याग : #rojgar
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्