कति आयो नेपालमा बैदेशिक सहायता

काठमाडौं १४ साउन । सरकारले राजश्व, वैदेशिक अनुदान तथा ऋण र आन्तरिक ऋणबाट बजेट जुटाउने गरेको भएपनि गत आर्थिक बर्षमा वैदेशिक सहायता रकम घटेर गएको छ । सरकारले बजेट कार्यान्वनयलाई गम्भिर रुपमा नलिदा वैदेशिक सहायता घटेर गएको हो । वैदेशिक सहायताको परिचालन कमजोर देखिएको छ । सरकार बजेट कार्यान्वयनप्रति गम्भिर नहुदा र खर्च गर्ने संयन्त्रको विकास गर्न नसक्दा वैदेशिक अनुदान तथा ऋण घट्दै गएका हुन् । वैदेशिक सहायता प्रतिवद्धता घट्दै जादा बजेट निर्माणमा असर पर्नुका साथै आयोजना कार्यान्वयनमा समेत असर पर्ने हुन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक बर्ष २०७५÷७६ मा १ खर्ब ३३ अर्ब १९ करोड बैदेशिक सहायता प्राप्त भएको छ । यो लक्ष्यको ५१. ८२ प्रतिशतमात्रै हो । सरकारले गत बर्ष वैदेशिक सहायताबाट ३ खर्ब ११ अर्ब रुपैया जुटाईने उल्लेख गरेको थियो । वैदेशिक सहायताभित्र वैदेशिक अनुदार र ऋणको रकम पर्छन । गत बर्ष वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख प्राप्त हुने बजेटमा उल्लेख थियो । यसैगरी, वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख जुटाउने गरी बजेट निर्माण गरिएको थियो । तर, लक्ष्यको आधामात्रै बैदेशिक सहायता त्यसमा पनि अनुदानको प्रतिवद्धता घटेर गएको पाइएको छ । वैदेशिक सहायता घट्दै जादा सरकारले लिएको दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिमा समस्या पर्ने देखिएको छ । वैदेशिक सहयताको कति रकम आयो सो को बारेमा केही दिनभित्र तथ्यांक सार्बजनिक गरिने अर्थमन्त्रालयका प्रवक्ता उक्तरकुमार खत्रीले बताए । नेपालको सार्बजनिक ऋणको अनुपात कुल ग्राहस्थ उत्पादन जिडिपीको अनुपातमा न्यून छ । सार्वजनिक ऋणमा दातृ निकायले अनुदानको अंश घटाउदै लग्ने निती अवलम्बन गरेका कारण नेपालमा आउने अनुदानको रकम घटेर जानेक्रममा रहेको छ । विदेशी सहयोगको रकम नेपालका विभिन्न आयोजनाको निर्माणसँग जोडिएका हुन्छन् । तिव्रगतिमा निर्माण हुन सकेमा अनुदानको रकम पनि छिटो आउने तर, विचमै आयोजना निर्माण रोकिएमा या धकेलिदै गएमा अनुदानको रकम कटौती हुने समस्या छन् । बजेट कार्यान्वयन ढिला हुदा अनुदान घट्न पुगेको विज्ञहरु बताउँछन् । सरकारले यो बर्ष वैदेशिक अनुदानबाट ७५ अर्ब जुटाउने तयारी गरेको छ भने वैदेशिक ऋणबाट २ खर्ब ९१ अर्ब रुपैया जुटाउने गरी बजेट निर्माण गरेको छ । गत गत बर्षभन्दा करिब ५५ अर्ब रुपैया बढाएर बैदेशिक सहायता कुल रकम ३ खर्ब ६६ अर्ब जुटाउने गरी बजेट निर्माण गरेको छ । तर, बजेट विनियोजन गर्दा राजश्वपछि वैदेशिक सहायतालाई दोस्रो हिस्सा मानिएता पनि खर्च गर्न नसकेका कारण वैदेशिक प्रतिवद्धता बर्षेनी घट्दो क्रममा रहेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #artha mantralaya
तपाईको कमेन्ट लेख्नुहोस्