युवाको बिदेश मोह बढ्दो, उच्च शिक्षाको बाहानामा रोजगारीकै चिन्ता

काठमाडौं १० साउन । प्रधानमन्त्री, मन्त्री अनि नेताहरु मुलुकलाई छिट्टै समृद्ध बनाउने दाबी सहितको भाषण गरिरहेका छन् । तर समृद्धी र स्वदेशमै रोजगारीको चर्चा चलिरहँदा विभिन्न बहानामा विदेशिने युवाहरूको संख्या भने बढ्दो छ । पछिल्ला दश वर्षको तथ्यांक हेर्दा उच्च शिक्षा अध्ययनको बहानामा ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या नै दोब्बरले बृद्धी भएको छ । नेपालमा स्तरीय र राम्रा शिक्षण संस्था खुलेपनि उच्च शिक्षाको नाममा विद्यार्थीहरु देश छोडिरहेका छन् । शिक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार आर्थिक वर्ष २०७५–७६ मा उच्च शिक्षा अध्ययनका लागि बाहिरिन भन्दै ६३ हजार २५९ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । उच्च शिक्षाका लागि दश वर्षमा विद्यार्थीहरु बाहिरिएको यो तथ्याङ हेरौँ ।
आर्थिक बर्षः २०६५– २०६६ – २४,८२४
बर्षः २०६६–२०६७ – २६,९१३
२०६७– २०६८ –११,९१२
२०६८ –२०६९ – १०,२५८
२०६९– २०७० – १६,४९९
२०७०– २०७१ – २८,०२५
२०७१ –२०७२ – ३०,३९६
२०७२ – २०७३ – ३२,४८९
२०७३ – २०७४ – ५०,६५९
२०७४ – २०७५ – ५८,७५८
२०७५ – २०७६ – ६३,२५९
सरकारले गुणस्तरीय अनि रोजगारमुखि शिक्षा प्रदान गर्ने भने पनि वर्षेर्नी विद्याथीहरु बहिरिने क्रम बढ्दो देखिएको छ । अर्कोतर्फ निजि शैक्षिक संस्थाका छाता सगंठनले नेपाललाई शैक्षिक हब बनाउने भन्दै गरेको उद्घोषलाई पनि नो अब्जेशन लेटरको यो तथ्थाङले गिज्जाईरहेको छ । के उच्च शिक्षाकै लागि यति ठुलो सख्याँमा विद्यार्थीहरु बिदेशिएका हुन् वा कारण अरु नै छ ? उच्च शिक्षाका नाममा विद्यार्थी मात्र बाहिरिएका छैनन्,उनीहरुसँगै पछिल्लो पाँच वर्षमा एक खर्ब ५० अर्ब पैसा पनि बाहिरिएको छ । अर्थिक वर्ष २०७५–२०७६ मा मात्रै उच्च शिक्षाका नाममा ४० अर्ब ९ करोड रुपैयाँ बिदेशिएको छ । उच्च शिक्षाका नाममा वर्षेनी अर्बौ रकम बाहिरिदा आर्थिक वर्ष ०७५–७६ को ११ महिनामा ७ खर्ब ९९ अर्ब मात्रै रेमिट्यान्स भित्रिएको छ । देशमा उच्च शिक्षा अध्ययन अध्यापनको अवशर अनि वातावरण राम्रो भएपनि रोजगारीको सुनिश्चितता नहुँदा विद्यार्थीहरु बिदेशिनेक्रम बढिरहेको छ । सरकारले शिक्षामा लगानी बढाउने र रोजगारीको सृजना गर्ने दाबी गरिरहँदा रोजगारी र उच्च शिक्षाका नाममा विदेशिएकाहरुको रेमिट्यान्सले देश चलिरहेको छ । आत्मानिर्भरमुखि शिक्षा दिने नसकेर विद्यार्थी अनि दक्ष जनशक्तिलाई पलायन गराउने अनि समृद्धी र रोजगारीको गफ कहिलेसम्म गरिरहने ?
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #bidesine student
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्