Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नयाँ बसपार्क बन्दैछ ब्यापारिक केन्द्र,सम्झौता नै गायवपछि ब्यवसायी आन्दोलित


काठमाडौं ५ साउन । गोंगबुस्थित नयाँ बसपार्कमा ल्होत्से बहुउद्देश्यिय प्रालीले चलाएको मनोमानी सहितको ४५ बर्षे सिण्डिकेट र ट्रायल सेण्टरका नाममा भैरहेको चलखेलको खुलेर बिरोध गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई विभाग आएको छोटो समयमै सरुवा गरिएको छ । यातायात क्षेत्रमा देखिएका व्यथिति सुधार्ने प्रयास गरिरहेका दाहाल मन्त्रीको स्वार्थ अनुसार नचलेकै कारण विभागबाट हटाइएका हुन् । यसअघि पनि प्राविधिक रिपोर्ट लत्याएर विपी राजमार्गका ठूला सवारी चलाउन दिने मन्त्रीको स्वार्थमा तगारो बनेपछि महानिर्देशक रुप नारायण भट्टराई सरुवा गरिएका थिए । अन्तर्राष्ट्रिय बसपार्कलाई व्यापार र मुनाफा मात्रै सोचेर बिजनेश पार्क बनाइदैगर्दा मन्त्री महाशेठकै स्वार्थमा देशको एक मात्र जैबिक राजमार्ग वीपी राजमार्गमा प्राविधिक सुझाब लत्याएर ठूला गाडी चल्न दिइएपछि सडक जिर्ण भैरहेको छ । अहिले पनि मन्त्री महासेठ मातहको यातायात कार्यालयबाट सवारि चालक अनुमति पत्र लाईसेन्स लिन बर्षौ कुर्नुपर्ने बाध्यता यथावत छ । यातायात क्षेत्रका यी समस्यामा मन्त्रीको ध्यान कहिल्यै पुगेको देखिदैन । बरु जापान सरकारको सहयोगमा २०४९ सालमा निर्माण गरिएको गोंगबुस्थित नयाँ बसपार्क मन्त्री महाशेठकै पँहुच र शक्तिको बलमा धमाधम अतिक्रमण भैरहेको छ । बसपार्कको १ सय ६५ रोपनी जग्गा मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ भने पार्किङ क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । ल्होत्सेले विसं २०५७ मा काठमाडौं महानगरसँग ४५ वर्षको सम्झौता गरेर नयाँ बसपार्कको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको भएपनि पहिलो सम्झौता दुबै पक्षबाट गायब बनाइएको छ । पुरक सम्झौतामार्फत यतिबेला बसपार्कमा महल बनाउने, सेवा सुविधा भन्दा पनि व्यापार गर्ने खेल चलिरहेको छ । सटर भाडामा लाखौँको लुट, गाडी पार्किङ मार्फत एसी डिलक्स बसबाट ६ सय अन्य लामो दूरीका बससँग ३ सय ५० असूली गरेर रसिद खोस्ने काम ल्होत्सेले गरिरकेको छ । गाडीको चलानीबाट समेत ७ प्रतिशत रकम आफू राख्ने ल्होत्सेको अत्याचारमा किन सबै निकाय तै चुप मै चुप ? । यसले बसपार्कको आर्थिक चलखेलका हिस्सेदार निक्कै ठूला छन भन्ने देखाएको छ । नयाँ बसपार्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि बाह्य पर्यटकको सबैभन्दा पहिलो नगर पर्ने स्थान पनि हो । तर अस्तव्यस्त बनाइएको बसपार्कमा उद्देश्य एउटा, प्रयोजन अर्कै हुनेगरी रामराज्य चलिरहेको छ । त्यो पनि महानगर र मन्त्रीको आशिर्वाद थापेर ल्होत्से बहुउदेस्यीय प्राली मार्फत । ल्होत्सेमा मन्त्री पत्नी जुली महतोकै शेयर भएकाले पनि ल्होत्सेलाई अधिकारसम्पन्न बनाएर व्यक्तिगत रुपमा अधिकतम लाभ उठाउने खेलमा महाशेठको सक्रियता देखिन्छ । अत्याधुनिक र प्रविधियुक्त बसपार्क बनाउनु पर्ने स्थानलाई ब्यापारिक केन्द्रका नाममा दुरुपयोग गरिएको बारे विभागिय मन्त्री त चुप रहने नै भए, काठमाडौं महानगर र सिंगो सरकार नै मौन छ । अझ, सडक पुल लगायतका पूर्वाधारको ठेक्कापट्टामै आर्थिक साँठगाँठ मिलाउन माहिर मन्त्री महाशेठले सिण्डिकेट हटाउने नाममा नयाँ सिण्डिकेट खडा गर्न खोजेको, यातायात प्राधिकरणका नाममा नयाँ गाडी गरिद गरेर ठूलो आर्थिक अपचलन गर्न खोजेको आरोप लागिरहेपनि उनीमात्रै कारबाही गर्ने हिम्मत प्रधानमन्त्रीले गर्न सकिरहेका छैनन ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #naya baspark

तपाईको कमेन्ट लेख्नुहोस्