को हुन यीनी आफुलाई धर्ती माता भन्दै सर्वसाधारणलाई कुट्ने

काठमाडौं १२ असार । गलामा माला । साथमा सुरक्षाकर्मी । काम कुट्ने र पिट्ने अनि धर्ती माता भएको दाबी गर्दे तरंग फैलाउने । आखिर को हुन् यिनी । एकसाता राजधानीका बिभिन्न स्थानमा धर्ती माताका लाममा भइरहेका गतिबिधिले सबैलाई आश्चार्य मात्रै पारेको छैन् । २१ औं शताब्दीको बैज्ञानिक युगलाई समेत चुनौति दिइरहेको छ । भद्रकाली मन्दिर परिसरमा देखिएको यो दृश्यले गिज्याइरहेको छ । छेउमै रहेका प्रहरी मुसुमुसु हास्छन् । तर, यी आफूलाई धर्ती माता दाबी गर्ने महिलाले यी केटीमाथी झापड हानिरहेकी छन् । यो भिड हेर्नुहोस् यहाँ सयौं मानिस उनैलाई पछ्याइरहेका छन् । फुलमाला लगाउन तछाड मछाड गरिरहेका छन् । यसरी खुला चौरमा मानिस कुट्दा समेत रमिते हेरिरहेका छन् । अव प्रश्न के प्रहरीकै अगाडि यसरी कुट्न मिल्छ ? र यो भिड रमिते बन्न मिल्छ ? आखिर किन यी बिष्णु कुँवर नामकी महिलाले आफूलाई धर्ती माता दाबी गर्दे यस्ता गतिबिधि गरिरहेकी छन् र राज्य संयन्त्रले छुट दिइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख
ट्याग : #dharti mata
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्