धादिङमा भोज खाँदा ३० जना बिरामी, ११ जनाको अवस्था गम्भीर
धादिङ ३१ जेठ । धादिङको नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी विरामी परेका छन् । स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी विरामी परेको र १९ जनाको अवस्था जटिल भएको बताइएको छ । सञ्जिता आले, सरस्वती आले, पूजा तिमिल्सिना, देवकुमारी आले, मनिता आले, कमला मुर्छान, सुनिता आले, रविना धमला, अर्जुन तिमिल्सिना, महेश आले, जानाबु परियार, रेशम आले, अनुजा तिमिल्सिना, मनिष आले, माहिली राना र अनुषा तिमिल्सिना बिरामी परेका हुन । बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने पखाला लाग्ने, रिङ्गटा लाग्ने, रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो ।
उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको डम्बरबहादुर अधिकारीले जानकारी दिएका छन् । अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने आशङ्का गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #dhading news
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्