शिक्षिकाको कुटाईबाट १४ बिद्यार्थी घाइते
रोल्पा २० जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका छन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका हुन् । दश बजे बिद्यार्थी लाइन लाग्न ढिला भएको भन्दै शिक्षिका लक्ष्मी पुनले अन्धाधुन्दा लठ्ठीले कुटपिट गरेकी थिइन । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ । उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको छ । शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली पनि घाइते भएका छन् । जेठ १२ गतेको कुटपिट भएपछि प्रहरी चौकीमा मिलापत्र गरिएको थियो । तर, बिद्यार्थी र अभिभावकले शिक्षिका पुनलाई हटाउनुपर्ने माग राख्दै आएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #kutpit
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्