शिक्षिकाको कुटाईबाट १४ बिद्यार्थी घाइते
रोल्पा २० जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका छन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका हुन् । दश बजे बिद्यार्थी लाइन लाग्न ढिला भएको भन्दै शिक्षिका लक्ष्मी पुनले अन्धाधुन्दा लठ्ठीले कुटपिट गरेकी थिइन । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ । उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको छ । शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली पनि घाइते भएका छन् । जेठ १२ गतेको कुटपिट भएपछि प्रहरी चौकीमा मिलापत्र गरिएको थियो । तर, बिद्यार्थी र अभिभावकले शिक्षिका पुनलाई हटाउनुपर्ने माग राख्दै आएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #kutpit
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्