प्रधानमन्त्री ओली जेठ २६ गते स्वीट्जरल्याण्ड जाने
काठमाडौं ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी जुन ९ अर्थात जेठ २६ गते स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् । सम्बन्ध विस्तार र नेपालका विकास प्राथमिकताबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उद्देश्य सहित प्रधानमन्त्री ओली फेरि पनि विदेश भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको भ्रमणपछि फ्रान्स र बेलायतको भ्रमण पनि गर्ने जनाइएको छ । प्रधानमन्त्री ओलीले फ्रान्स भ्रमणका बेला भिजा लगायत छपाइको लागि भित्राउने ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’का लागि फ्रान्ससँग सम्झौता गर्ने जनाइएको छ । उनी जुन १५ अर्थात जेठ ३२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली गत माघमा स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४१ औँ बैठकमा सामेल भाग लिन पुगेका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्