जेठ १३ मा नेपाल बन्द गर्ने बिप्लवको घोषणा
काठमाडौं ९ जेठ । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जेठ १३ गते नेपालको घोषणा गरेको छ । आफ्न कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्याको बदला लिने समेत चेतावनी दिएको छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी शर्मा ओली सरकारको ठाँडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको उल्लेख गरिएको छ। उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्। यस्तै विप्लवले तीर्थराजको हत्याको छानबिन गर्नु पर्ने माग गर्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ। जस अनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ। उसले केपी ओली सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको पनि आरोप लगाएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #banda
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्