लिवियाबाट १५ नेपालीको उद्धार, स्वदेश फर्काउने तयारी

काठमाडौं ६ जेठ । अबैध रुपमा काममा लागि लिबिया पुगेका १५ जना नेपालीको उद्धार गरिएको छ । रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको हो । डर त्रासमा काम लगाइएको र नेपाल फर्कन खोज्दा पनि राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन आइओएममा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्कीको उद्धार गरिएको हो । सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको ब्यवस्था पनि मिलाएको छ । दुईसाता अघि पनि दूतावासले सात जनालाई उद्धार गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #libiya
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्