जन्ती जीप दुर्घटना पाँच जनाको मृत्यु

पाल्पा १६ बैशाख । जिल्लाको निस्दी गाउँपालिका–७, ज्यामिरेको चारघरेमा जन्ती जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो। दुर्घटनामा ज्यामिरे हुवासका दुई, चारघरेका दुई र चालकसमेतको मृत्यु भएको छ । दुर्घटनामा सोही जीपका चालक बुद्धिबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारुको पनि मुत्यु भएको छ । दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ। स्थानीय लालबहादुर बयम्बुका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट झण्डै ५ सय मिटर तल पुगेको छ । दुर्घटना के कति कारणले भयो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ। जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहादुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटना भएको हो।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्