हरेक वर्ष वैशाख १ गते विद्यार्थी भर्ना दिवस, सगरमाथा डाइलग नामक कार्यक्रम गरिने
काठमाडौं २ बैशाख । सरकारले हरेक वर्ष वैशाख १ गते विद्यार्थी भर्ना दिवस मनाउने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रीरिषद् बैठकले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन दिवस मनाउने घोषणा गरेको हो । दुई साता भर्ना अभियानका रुपमा मनाउने उद्देश्य राखिएको छ। सरकारले यो वर्ष १० लाख बालबालिकाललाई विद्यालय भर्ना गर्ने जनाएको छ । ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षितको देश बनाऔ’ भन्ने नाराका साथ सरकारले आजदेखि भर्ना अभियान सुरु गरेको छ । तर, १५ वर्ष अघि नै सुरु भएको थियो । मन्त्रीपरिषद बैठकले ‘सगरमाथा डाइलग’ नामक कार्यक्रम सञ्चालन पनि गर्ने भएको छ। ‘डाइलग’का मुद्दाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै हुने बताइएको छ। तर यो ‘डाइलग’ सञ्चालनबारे कार्यविधि निर्माण भने बाँकी रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्