हरेक वर्ष वैशाख १ गते विद्यार्थी भर्ना दिवस, सगरमाथा डाइलग नामक कार्यक्रम गरिने

काठमाडौं २ बैशाख । सरकारले हरेक वर्ष वैशाख १ गते विद्यार्थी भर्ना दिवस मनाउने घोषणा गरेको छ। सोमबार बसेको मन्त्रीरिषद् बैठकले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन दिवस मनाउने घोषणा गरेको हो । दुई साता भर्ना अभियानका रुपमा मनाउने उद्देश्य राखिएको छ। सरकारले यो वर्ष १० लाख बालबालिकाललाई विद्यालय भर्ना गर्ने जनाएको छ । ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षितको देश बनाऔ’ भन्ने नाराका साथ सरकारले आजदेखि भर्ना अभियान सुरु गरेको छ । तर, १५ वर्ष अघि नै सुरु भएको थियो । मन्त्रीपरिषद बैठकले ‘सगरमाथा डाइलग’ नामक कार्यक्रम सञ्चालन पनि गर्ने भएको छ। ‘डाइलग’का मुद्दाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै हुने बताइएको छ। तर यो ‘डाइलग’ सञ्चालनबारे कार्यविधि निर्माण भने बाँकी रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्