अझै बिहिबारसम्म पानी पर्ने सम्भावना, पूर्वी र मध्य तराईमा हुरीबतास

काठमाडौं २६ चैत । केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशभरको मौसममा सुधार आएको छैन् । अझै् केही दिन देशका अधिकांश भूभागमा वर्षा अझै नरोकिने मौसमबिद्ले जनाएका छन् । खासगरी पूर्वी तथा मध्य तराईमा भने आँधीहुरी चल्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यसअघि भने मौसमविदले सोमबारबाट मौसममा क्रमिक सुधार आउने बताएका थिए । तर, महाशाखाले मंगलबार ३ दिने बुलेटिन सार्वजनिक गरी अधिकांश भागमा वर्षा तथा हावाहुरी चल्ने अनु्मान गरेको हो । छिटोछिटो मौसमी प्रणाली विकसित भइरहेकोले फेरि नयाँ प्रणालीले अनुसार नै अहिले पानी पारिरहेको मौसमबिद्ले बताएका छन् । मंगलबार पश्चिममा पोखरादेखि पूर्वमा ताप्लेजुङसम्म अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । यी क्षेत्रक अधिकांश स्थानमा पानी परिरहेको छ । काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ । अहिले प्रिमनसुन सक्रिय छ । नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ । अघिल्लो वर्षसँग तुलना गर्दा यस वर्ष प्रिमनसुन असामान्य तरिकाले सक्रिय भएको मौसमबिदको भनाई छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मंगलबार हिमाली भेगमा हिमपातको समेत सम्भावना छ । बुधबार बिहान भने वर्षाको सम्भावना नरहेको मौमसी बुलेटिनमा उल्लेख छ । यद्यपि, अपराह्नपछि भने मेघ गर्जनसहित हल्का वर्षा हुनसक्ने अनुमान महाशाखाले गरेको छ । बिहीबार पनि देशका पूर्वी र मध्य भाग वर्षाकै चपेटामा रहनेछन् । मौसम पूर्वानुमान महाशाखाले बिहीबार यी स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना पनि रहेको जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #mausam
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्