डाक्टरको काम आन्दोलन कि उपचार ?
काठमाडौं २५ चैत । सरकारी अस्पतालका चिकित्सक यतिबेला बिरामीको उपचार गर्न छोडेर आन्दोलनमा छन् । उनीहरुले स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी स्वास्थ्य संस्थामा कार्यरत डाक्टरले आकस्मिक बाहेकको स्वास्थ्य सेवा बन्द गराएका छन् । जसले बिरामी उपचार नपाएर छटपटाई रहेका छन् भने डाक्टर आन्दोलन गरिरहेका छन् । सबै प्रदेशमा समान तरिकाले डाक्टर खटाएर समायोजन गर्नुपर्ने आफ्नो माग सरकारले सुनुवाई नगरेपछि शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द ठप्प छन् । गएको फागुन १८ गते गोदान र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सबै प्रदेशसमा समान तरिकाले डाक्टर पठाउने सहमति भए पनि ब्यवहारमा त्यस्तो नभएको उनीहरुको गुनासो छ । आफ्नो माग पूरा नहुँदासम्म आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने संघले जनाएको छ । देशभर झण्डै १४ सय सरकारी डाक्टर छन् । सरकारी डाक्टरले आ–आफ्नो स्वास्थ्य संस्थामा दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् । यसअघि संकलन गरिएका राजीनामा पत्रसमेत सरकारलाई बुझाउने उनीहरूको कार्यक्रम छ । पटक पटकको बिभिन्न बाहना र मागमा डाक्टर नै आन्दोलनमा उत्रिन थालेपछि उनीहरुको काम के हो भन्ने प्रश्न बिरामीहरुले गर्दे आएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #aandolan
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्