Techie IT
  • ४ असार २०८२, बुधबार
KhojPatrika

ओरियन्टल सहकारी ठगीको आरोपमा सुधिर बस्नेत पक्राउ


काठमाडौं २० चैत । ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर,काठमाडौंको टोलीले बस्नेतलाई बुधबार साझ भीमसेन गोलाबाट पक्राउ गरेको हो। उनीविरुद्ध सहकारी ठगिको आरोपमा प्रहरीले खोजीरहेको थियो । २०५३ साल चैत ४ मा स्थापना भएको ओरियन्टल सहकारीले १२ हजारभन्दा बढी सदस्यको ६ अर्बभन्दा बढी रकम ठगेको आरोप छ। ओरियन्टल सहकारी २०७० सालदेखि बन्द छ । रकारले ओरियन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। सरकारले मुलुकका समस्याग्रस्त सहकारी संस्थाबारे छानविन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाचबुझ समिति समेत गठन गरेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं