के के राहात दिए प्रचण्डले बारा र पर्सामा
बारा १९ चैत । नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बारा र रौतहटमा पुगे । उनी हावा हुरीको क्षति भएको दुईदिन पछि घटनास्थलमा पुगेका हुन् । हावाहुरीबाट अति प्रभावित बाराको पुरैनिया,भरवलिया,भलुइ,र खुट्वा परसौनि लगायतका गाउँमा प्रचण्ड र वाइसीएलका नेताहरु पुगेका थिए ।



अध्यक्ष प्रचण्डले राहत सामाग्री चामल १७.५ टन , दाल १३५० केजी , नुन १००० के.जी , र पाल एक हजार वटा वितरण गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीका तर्फबाट मृतक परिवारलाई जनही ५ लाख राहात दिने घोषणा पनि गरे । उनी नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, गण्डक अस्पतालमा रहेका घाईतेहरूको अवस्था बुझन पुगेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्