अख्तियारको वाइडबडीमा चासो २१ जनाले दिए बयान
काठमाडौं १९ चैत । बहुचर्चित भ्रष्टाचार प्रकरण वाइडबडी खरिदमा मुछिएका २१ जनाले बयान दिएका छन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले लेखा समितिले दिएको निर्देशन अनुसार २१ जनाको बयान लिएको जानकारी दिए । प्रमुख आयुक्त घिमिरेले सार्वजनिक लेखा समितिले वाइडबडीमा भ्रष्टाचारमा भएको निर्देशन अनुसार आफूहरुले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले वाइडवडीमा संलग्न अन्य कम्पनीहरुलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको पनि बताएका छन् । अख्तियारमा कुनै पनि राजनीतिक प्रभाव र दबाव नभएको दाबी गर्दे घिमिरेले अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडी छानबिनमा अहिलेसम्म राजनीतिक दबाब नआएको जिकिर गरे ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्