अख्तियारको वाइडबडीमा चासो २१ जनाले दिए बयान
काठमाडौं १९ चैत । बहुचर्चित भ्रष्टाचार प्रकरण वाइडबडी खरिदमा मुछिएका २१ जनाले बयान दिएका छन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले लेखा समितिले दिएको निर्देशन अनुसार २१ जनाको बयान लिएको जानकारी दिए । प्रमुख आयुक्त घिमिरेले सार्वजनिक लेखा समितिले वाइडबडीमा भ्रष्टाचारमा भएको निर्देशन अनुसार आफूहरुले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले वाइडवडीमा संलग्न अन्य कम्पनीहरुलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको पनि बताएका छन् । अख्तियारमा कुनै पनि राजनीतिक प्रभाव र दबाव नभएको दाबी गर्दे घिमिरेले अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडी छानबिनमा अहिलेसम्म राजनीतिक दबाब नआएको जिकिर गरे ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्