शिक्षामन्त्रीको राजीनामा मागे मुख्यमन्त्री राउतले, मुख्यमन्त्री कार्यालय घेराउ
काठमाडौं १५ चैत । बिहिबार र शुक्रबार लगातार दुई दिनको एसईईको परीक्षा रद्द भएपछि प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका मन्त्री गिरिराजमणी पोखरेलको राजीनामा मागेका छन् । प्रहरी प्रशासनभित्रै रहेको प्रश्नपत्र बाहिरिनु भनेको गम्भिर कुरा भएको भन्दै नैतिकताका आधारमा मन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका हुन् । सोही बिषयलाई लिएर प्रदेश दुईमा बिद्यार्थी र अभिभावकले संघीय र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

बिद्यार्थीहरुले आफूहरु परिक्षाको हलमा प्रवेश गरिसकेको र कापी दिने समयमा परीक्षा रद्द गरिएको सूचना पाएपछि नाराबाजी गरेको बताएका छन् । परीक्षार्थीहरुले प्रदेश दुईको मुख्यमंत्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्नामा बसेका छन् । कसरी प्रश्नपत्र बाहिरियो भन्ने बिषय अहिलेसम्म खुल्न सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्