माला लगाएका मन्त्री लालबाबु पण्डितको आलोचना

काठमाडौं । पहिलो पटक मन्त्री बन्दा साधारण र स्वच्छ छवि बनाएका ब्यक्ती हुन लालबाबु पण्डित । तर, दोस्रो पटक मन्त्री बन्दा उनी आलोचित भइरहेका छन् । कहिले कर्मचारी समायोजनमा कर्मचारीलाइवर्् दिएको तुच्छ बोली त कहिले मंहगो गाडी चढेको भन्दै आलोचना भयो । आइतबार तीनै मन्त्री पण्डितलाई बिराटनगरमा अर्के भेषमा देखियो । मन्त्री पण्डित किरियापुत्री भेट्न पुगेका छन् तर उनको गलामा माला लगाइएको छ । सरोज बस्नेतले ट्वीट गरेको सोही तस्वीर यतिबेला भाइरल बनेको छ । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरिरहेका छन् । यो तस्वीर विराटनगरको हो र शनिबारको भएको पाइएको छ । मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका मन्त्री पण्डित शनिबार विराटनगर पुगेका थिए । पण्डित परोपकार अभियानको भवनमा आयोजित कार्यक्रममा सहभागी भएर मातृशोकमा रहेका नेकपा नेता महेश भट्टराईलाई सान्त्वना दिन उनकै घरमा पुगेका थिए । सयपत्री फूलको माला लगाएर विराटनगर– ३ स्थित भट्टराईको घर पुगेर केही समय बसेका पण्डितले हिँड्ने बेला सामूहिक तस्वीर खिचाएको पनि भेटिएको छ । एक साताअघि भट्टराईकी ८७ बर्षीया आमा पवित्रादेवीको निधन भएको थियो । मन्त्रीको एक छेउमा महेश र उनका दाजु छन् भने अर्को छेउमा भने नेकपा केन्द्रीय सदस्य महेश रेग्मी उभिएका छन् । मन्त्री पण्डित भने माला लगाएर उभिएका छन् । यहि तस्बीर सामाजिक सञ्जालमा आलोचित र पोष्ट भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- २सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ३भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ४समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ५ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
तपाईको कमेन्ट लेख्नुहोस्