कोरियन भाषा परीक्षाः पहिलो दिन नै ५५ हजारको आवेदन

काठमाडौं ८ चैत । कोरियन भाषा परीक्षाका लागि आबेदन दिनेहरुको बिहानैदेखि बिभिन्न स्थानका बैंकमा बाक्लो लाइन देखिन्थ्यो । शुक्रबार एकै दिन ५५ हजारभन्दा बढी आवेदन परेको छ। आवेदन खुल्ला गरेको पहिलो दिन शुक्रबार ५५ हजार ९४ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ। भाषा परीक्षाका लागि गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए। तर, यो वर्ष त्यो भन्दा बढिले आवेदन दिने अनुमान छ । चैत १७ गतेसम्म आवेदन दिने म्याद रहेको छ। आगामी वर्षका नेपालीका लागि कोरियाले १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ। कृषि तथा पशुपालनतर्फ ३ हजार र ७ हजार ५० जना उत्पादनमुलक क्षेत्रका लागि तोकिएको छ। आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको कमलादी कर्पोरेट शाखाबाहेक जुनसुकै शाखा र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- २मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ३८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ४आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
- ५रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
तपाईको कमेन्ट लेख्नुहोस्