नेपाल खुशी हुने देशको एक सय औं स्थानमा
काठमाडौं ६ चैत । नेपाल विश्वको एक सय औं खुशी हुने देशको सूचीमा परेको छ । बुधबार सार्वजनिक वल्र्ड हेप्पीनेस रिर्पोट अनुसार १ सय ५६ देश मध्ये नेपालीहरू एक सय औं स्थानमा परेको हो । गत बर्ष नेपाल एक सय एक स्थानमा परेको थियो । त्यतिबेला ४.८८ अंक पाएको नेपालले यसबर्ष ४.९१ अंक प्राप्त गरेको छ । प्रतिवेदन अनुसार विगत बाह्र वर्षमा समुदायमा प्रविधि, सामाजिक मान्यता, द्वन्द्व र सरकारी नीतिहरूले पारेको प्रभावको आधारमा खुशी मापन गरिदै आएको छ । भारत १ सय ४० औं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये पाकिस्तान ६७, भुटान ९५, बंगलादेश १ सय २५, श्रीलंका १ सय ३० र अफगानिस्तान १ सय ५४ औं स्थानमा छ ।
धेरै खुशी हुने देश
उत्तरी युरोपी देश फिनल्याण्ड संसारकै सबैभन्दा बढी खुशी हुने देश भएको छ । फिनल्याण्डले ७.७६ अंक पाएको छ । फिनल्याण्ड पछिल्लो तीन वर्ष यता लगातार पहिलो स्थानमा पर्दै आएको छ । प्रतिवेदनअनुसार दोस्रो खुशी हुने देशमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्डस्, छैठौंमा स्विटजरल्याण्ड, सातौंमा स्विडेन, आठौंमा न्यूजल्याण्ड, नवौंमा क्यानडा र दशौंमा अस्ट्रेया छ । दक्षिण सुडान सबैभन्दा खराब अर्थात १ सय ५६ औं स्थानमा छ । यस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया, रुवाण्डा, यमन, मालावी, सिरिया, बोट्सवाना र हैटी संसारकै बेखुश दश देशको सूचीमा छन् । प्रत्येक बर्ष यो सूची सार्वजनिक गरिदै आइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्