जबरजस्ती रंग दलेको आरोपमा १ सय ९६ जना पक्राउ
काठमाडौं ६ चैत । उपत्यकामा जबरजस्ती लोला तथा रंग हानेको आरोपमा १ सय ९६ पक्राउ परेका छन् । बसपार्क, दरबारमार्ग, ठमेल, वसन्तपुर, भृकुटीमण्डप, महाराजगञ्ज, नयाँ बानेश्वर लगायतका बिभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार ५ जना महिला पनि पक्राउ परेका छन् । प्रहरीले होली पर्वको केहीदिन अघिदेखि नै विशेष सुरक्षा योजना लागू गर्दै जथाभावी रंग दल्ने र लोला हान्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने बताउँदै आएको थियो । मदिरा खाएर हो–हल्ला गर्ने, झगडा गर्ने र ड्रिंक एण्ड ड्राइभ गर्ने पनि रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्