वार्तामा आउन बिप्लवलाई देउवाको आग्रह
पाल्पा २ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । प्रेस युनियन पाल्पा शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए । सभापति देउवाले नेकपा पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए ।
काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए । नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपालको संविधानमा रहेको व्यवस्था मान्ने बताए । उनले गिरिजाप्रसाद कोइरालाको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने जिकिर गरे । सभापति देउवाले मधेशमा आन्दोलन गर्दै आएको सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको टिप्पणी गरे । सहमति भएको केही समयमै सिके राउतका समर्थकले ुनयाँ देश मधेसमा स्वागत छु भन्दै निकालिएको जुलुसले यसको पुष्टि गरेको देउवाले दाबी गरे।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्