तातोपानीमा नुहाउँदै देउवा पौडेल
म्याग्दी २५ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दीको तातोपानीमा नुहाउन पुगेका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभामा सहभागि हुन म्याग्दी पुगेका सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल,प्रवक्ता विश्वप्रकाश शर्माले तातोपानीमा नुहाएका हुन् । हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेको सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन गर्दे स्नान गरेका हुन् । पछिल्लो समय शिर्ष नेताहरु तातोपानी क्षेत्रको भ्रमण गरिरहेका छन् । यसअघि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तातोपानी कुण्डमा स्नान गर्न परिवारसहित पुगेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्