काठमाडौँको बसुन्धारामा बम बिष्फोट भएको आशंका
काठमाडौको बसुन्धारास्थित सुन्दरमार्गमा बम बिस्फोट भएको आशंका गरिएको छ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुगको घरमा बिष्फोट भएको थियो । सिलिण्डर बिस्फोट भएको हो या बम नै बिस्फोट भएको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । घरमा राखिएको गाडी पनि जलेरनष्ट भएको छ । एक सय मिटर वरिपरिका घरका सीसामा समेत क्षति पुगेको छ । अध्यक्ष गुरुगले साँढे ७ बजेतिर बिष्फोट भएको जानकारी दिए ।
भुइतलामा कुनै ग्यास नभएको र ग्यास बिष्फोट नभएको उनले बताए । स्थानीयले भने बम नै बिष्फोट भएको दाबी गरेका छन् । गाडीमा आगलागी भएपछि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । 
स्थानीयले बिष्फोटबाट आएको आवाजले भुकम्प आएजस्तो अनूभुति गराएको बताएका छन् । बिष्फोटबाट निकै ठुलो खाल्डो परेको छ । आसपासका पसलमा पनि सामानमा क्षति भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्