सरकार र सीके राउतबीच भएको सहमतिले नेकपाभित्रै खैलाबैला

काठमाडौ २४ फागुन । तराई–मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत र सरकारबीच शुक्रबार अचानक ११ बुँदे सहमति भयो । राष्ट्रिय सभागृहमा आयोजित एक विशेष कार्यक्रमा गृहमन्त्री रामबहादुर थापा र नेता सिके राउतले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुको पनि उपस्थिति थियो।बिहीबारमात्र सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका सिके राउत र सरकारका बिचमा एकाएक यस्तो सहमति होला भन्ने कल्पना कसैले गरेका थिएनन् । सहमतिको पहिलो बुँदामा राउतले मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने जनाएको छ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराइ मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमति भएपछि राउतले जनमत संग्रहको आवाज उठाएका छन् । त्यस्तै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार प्रसारका क्रममा बाँडेका किताब, प्रचार र झण्डालाई भविष्यमा कारबाहीको विषय नबनाउने र आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने पनि सहमति भएको छ । स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न जीविकोपार्जन गर्न, संघ संघठन र मूलधारको पार्टी खोल्न राज्यबाट कुनै कारबाही नगर्ने सहमति भएको छ । स्वतन्त्र मधेस गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने पनि सहमति भएको छ । ११ बुदे सहमति भएपनि यसले अन्य राजनीतिक दलले सकरात्मक भनिरहदा नेकपाभित्रै खैलाबैला भएको छ । बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता भिम रावल लगायतका नेताहरुले आपत्ती जनाएका छन् । एकलौटी रुपमा कुनै छलफल नै नभई यस्तो निर्णय गर्नु दुर्भाग्य भएको उनीहरुको आरोप छ । अव आगामी बस्ने नेकपाको बैठकमा समेत यो कुरा उठ्ने देखिएको छ ।
के के भएको थियो सहमति
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
तपाईको कमेन्ट लेख्नुहोस्