महाशिवरात्रीमा तीन स्थानबाट पशुपति दर्शन गर्न पाइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सोमबार महाशिवरात्रीको अवसरमा तीन स्थानबाट दर्शन गर्न पाइने जनाएको छ । पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न गठित विभिन्न उपसमितिले आ आफ्नो कार्यसम्पादन पूरा गरेको भन्दै सहज रुपमा दर्शनको ब्यवस्था मिलाएको जनाएको छ ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एकरएक लाईन, जयवागेश्वरी ईटापाखा भएर भुवनेश्वरीस्थित पश्चिम ढोकाबाट १ लाईन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुदै दक्षिण ढोकाबाट एक रएक लाईन गरि बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाईनहरु लाग्ने ब्यवस्था मिलाएको छ । आवस्यक परेको अवस्थामा भक्तालुको उपस्थिति हेरेर तीलगंगा राममन्दिर तर्फबाट समेत एक लाईन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ ।
शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षाको सम्पुर्ण प्रवन्धका लागि नेपाल स्काउट समेतका गरी ५ हजार स्वयसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र वेड सहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ । कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रशारका लागि आठ वटा उपमिति गठन गरेको छ।
दर्शनलाई सहज हुने गरी कैलाशमुनि, भुवनेश्वरी, बज्रघर, राममन्दिर लगायत ५ स्थानमा जुत्ता चप्पल कक्षको व्यवस्था मिलाईने भएको छ । सवारी पार्किङका लागि तीलगङ्गा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफल, गुहेश्वरी पारी गरी ५ स्थान तोकिएको समेत जानकारी दिएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्