अधिकारीको स्वाथ्य अवस्था चिन्ताजनक
काठमाडौको ह्याम्स अस्पतालमा तीन सातादेखि उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले उनको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् भने केही अनलाइन सञ्चार माध्यमले उनको मृत्युको समाचार सम्प्रेषण गरेका छन्। तर, उनको मृत्यु भएको भन्ने कुरा सरकार,पार्टी, अस्पताल तथा परिवारका सदस्य कतैबाट पनि पुष्टि हुने सकेको छैन। अस्पतालले नै गरेको पत्रकार सम्मेलनपछि भने पार्टीका नेता तथा कार्यकर्ता र आफन्तहरू अस्पतालमा भेला हुने क्रम बढेको छ। उनको उपचारमा संलग्न चिकित्सक हेमराज पनेरुले उनलाई बचाउन सक्ने अवस्था न्यून रहेको जनाएका छन् । त्यस्तै, कृतिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको छ । विगत २४ घण्टादेखि उनले पिसाब पनि गरेका छैन। ‘कृत्रिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखिएको छ । अधिकारीको फोक्सो तथा मुटुमा समस्या भएपछि अस्पतालमा उपचाररत छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्