Techie IT
  • २१ कात्तिक २०८३, शुक्रबार
KhojPatrika

नवनियुक्त अध्यक्ष राजन विक्रम थापालाई अभिकर्ता संघको बधाई तथा शुभकामना


काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापालाई स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।

संघका अध्यक्ष ओमबहादुर खत्री, महासचिव कल्याण विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष दीपक अर्याललगायतका पदाधिकारीले आज प्राधिकरणमा पुगेर अध्यक्ष थापालाई भेट गरी स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

भेटका क्रममा अध्यक्ष थापाले आफू अहिले प्राधिकरणको कामकारबाहीबारे अध्ययन गरिरहेको बताए ।

अध्यक्ष खत्रीका अनुसार तिहारपछि १०-१५ दिनभित्र पुनः भेटेर अभिकर्ता व्यवसायलाई कसरी व्यवस्थित र सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने सहमति भएको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्