Techie IT
  • १९ असार २०८२, बिहीबार
KhojPatrika

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई धरौटी माग भएको छ । विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो । नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए ।

पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोले नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गरेर आर्थिक हिनामिनाको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तेजनारायण सिंह राई, #पूर्वप्रधानमन्त्री, #माधव कुमार नेपाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं