Techie IT
  • ५ असार २०८२, बिहीबार
KhojPatrika

माओवादीको साथले सत्तापक्ष रास्वपा र राप्रपा पेल्ने रणनितिमा, संसदमा रास्वपाको चर्को नाराबाजी


काठमाडौं । करिव तीन सातादेखि निरन्तर प्रतिनिधिसभा बैठक प्रतिपक्ष रास्वपा र राप्रपाले अवरोध गरिरहेका छन् । दुई साता बढी अवरोध गरेको माओवादी केन्द्रले दुई बुँदे सहमति गरेर सत्तापक्षलाई साथ दियो । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन समिति बनाउनुपर्ने अडानबाट दुई दल पछि हटेका छैनन् ।

सहमति जुटाउन बुधबार तीन दलका शीर्ष नेता छलफलमा बस्ने भनिएपनि माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्ड सहभागि भएनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

जेठ १३ गते बोलाइएको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहितका दलले अवरोध जनाए । तर, जेठ १५ गते बजेट ल्याउन भने प्रतिपक्ष दलले सत्ता पक्षलाई साथ दिएका थिए । बजेटमाथिको छलफल भने प्रतिपक्ष दलले १८ दिनसम्म हुन दिएनन् ।

माओवादी केन्द्रले साथ दिएका कारण प्रतिपक्ष रास्वपा र राप्रपा समेत बलियो देखियो । जव माओवादी केन्द्रसँग सत्ता पक्षले दुई बुँदे सहमति ग¥यो तव रास्वपा र राप्रपा एक्लिए । प्रतिपक्ष रास्वपा र राप्रपालाई माओवादीले वाइपास गर्दै दुई बुँदे सहमति गरेपछि चर्को आलोचना अहिले पनि भइरहेको छ । तर, माओवादी केन्द्रले विभिन्न विधेयक पास गर्नुपरेकोले सम्झौता गर्नुपरेको बताइरहेको छ ।

माओवादी केन्द्रको साथ पाएपछि रास्वपा र राप्रपालाई पेलेरै प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरे चलाइरहेका छन् । रास्वपाको चर्को नाराबाजी र राप्रपाको बिरोध र बहिष्कारका बीच बजेटमाथिको छलफल चल्यो । हल्ला खल्लाका बीचमा बैठक चलाएपछि सभामुख र सत्ता पक्षको चर्को आलोचना भइरहेको छ । गृहमन्त्री लेखकको राजीनामा माग्दै रास्वपाले वेल घेराउदेखि सांकेतिक बिरोध समेत जनाइरहेको छ । तर, सत्तापक्षले उनीहरुको आवाज नै सुनेको छैन् । बरु, संसद बैठकबाटै रास्वपालाई निष्कासन गर्नुपर्ने अभिब्यक्ती सत्ता पक्षले दिइरहेका छन् ।

गृहमन्त्री लेखकको राजीनामा र संसदीय छानविन समिति बनाउनै पर्ने अडानबाट रास्वपा टसको मस भएको छैन् । उसैको साथमा राप्रपा छ । दुई दलको निरन्तर बिरोधलाई बेवास्ता गर्दै सत्ता पक्ष दल अघि बढिरहेका छन् । रास्वपाले भिजिट भिसाको नाममा ठगिएका २ हजारभन्दा धेरै पीडित आफूहरूको सम्पर्कमा आएको दाबी गरेको छ ।

रास्वपाले भिजिट भिसाको नाममा ठगिएकाहरूलाई सम्पर्कमा आउन आह्वान गरेको थियो । पेलेरै संसद बैठक चलाएका सभामुख घिमिरे मंगलबार भने हच्किएका थिए । रास्वपाले निलो रिवन नै लगाएर बैठकमा आएपछि सभामुखले बैठक अघि बढाएनन् । बुधबार सहमतिका लागि समय दिइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने तय भएपनि प्रचण्ड सहभागि भएनन् ।

बालुवाटारमा ओली र देउवाले मात्रै छलफल गरेका थिए । दुबैले रास्वपा र राप्रपाले संसदमा गर्दै आएको बिरोध र समसामयिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । प्रतिपक्षको साथले बलियो भएको सरकारले पेलेरै जाने बनाएको रणनिति र आफ्नो मागबारे टसको मस नहुने रास्वपा र राप्रपाको अडानले अझै संसद हल्ला खल्लामै चल्ने देखिन्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गृहमन्त्री रमेश लेखक, #तीन दलका शीर्ष, #प्रतिनिधिसभा बैठक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं