खामेनीले भने– युद्ध शुरु भयो,आतंकवादी यहुदीमाथि कुनै दया राखिदैन
काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायलविरुद्ध युद्ध शुरु भएको भन्दै ‘आतंकवादी यहुदी शासक’सँग कुनै प्रकारको सम्झौता नहुने प्रष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिए लगत्तै सर्वोच्च नेता खामेनीले सामाजिक सञ्जाल एक्समार्फत युद्ध शुरु भएको प्रतिक्रिया दिएका हुन् ।
खामेनीले भनेका छन्– हामी आतंकवादी यहुदी शासनलाई कडा जवाफ दिनेछौँ, हामी यहुदीमाथि कुनै प्रकारको दया देखाउने छैनौँ ।
यसअघि ट्रम्पले एक्स प्लेटफर्मबाटै इरानका सर्वोच्च नेता लुकेर बसेको भन्दै उनलाई चाहेको बेला निशाना बनाउन सकिने बताएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #आयतुल्लाह अली, #इजरायल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्