Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

अव बन्ने नयाँ सरकार संविधानको धारा ७६ (२) कि (३) ! नेतादेखि कानुनविद्सम्मको बाँझियो तर्क


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वास गुमाउने कुनै चमत्कार नै नभएको खण्डमा लगभग पक्का छ । संसदको पहिलो नेपाली कांग्रेस र दोस्रो नेकपा एमाले नै मिलेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था देखिदैन । तर, प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेको समिकरण संविधान बमोजिम नै भत्काउने योजना बुनिरहेका छन् ।

त्यो हो संविधानको धारा ७६ को ३ अनुसार पहिलो दलको संसदीय नेता प्रधानमन्त्री बनाउने । तर, दलका नेता मात्रै होइन अव बन्ने नयाँ सरकार संविधानको धारा ७६ को कुन उपधाराबाट बन्छ भन्नेमा कानुनका जानकार समेत विभाजित भएका छन् । कांग्रेस र एमाले संविधानको धारा ७६ को २ अनुसार नै अवको सरकार बन्ने दाबी मात्रै गरेका छैनन् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन सहमति नै गरेका छन् ।

कांग्रेसले पनि भनिरहेको छ एमाले अध्यक्ष ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार नै प्रधानमन्त्री बन्छन् । सहमति अनुसार ओली नेतृत्वमा नै बहुमतको सरकार बनाउन संविधानले कुनै बाधा नगरेको कांग्रेसको दाबी छ । एमाले पनि कांग्रेसको सोही बोली बोलिरहेको छ । गत फागुनमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई विश्वासको मत नदिए कांग्रेसको हातमा सत्ता जाने अभिब्यक्ती दिएका थिए । सो अभिब्यक्तीले ओलीको आलोचना अहिले भइरहेको छ ।

धारा ७६ को २ अनुसार नै बालुवाटार छिर्ने तरखर ओलीले गरिरहेका छन् । जसरी भएपनि कांग्रेस एमालेको समिकरण भत्काउन प्रधानमन्त्री प्रचण्ड लागिरहेका छन् । एमाले अध्यक्ष ओलीलाई बालुवाटार छिर्न रोक्ने र शेरबहादुर देउवालाई सत्तामा पु¥याएर साथ दिने रणनिति प्रचण्डको छ । त्यसैले त माओवादीले भनिरहेको संविधानको धारा ७६ दुई मा बनेको सरकारले विश्वासको मत लिन सकेन भने उपधारा ३ अनुसार नै सरकार बन्छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए संविधानको कुन धाराअन्तर्गत सरकार बनाउने भन्नेमा संविधानका जानकार समेत विभाजित छन् । वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा(२) बमोजिम बनेको भन्दै यो सरकारले विश्वासको मत नपाएको अवस्थामा धारा ७६ को उपधारा (३) अन्तर्गत सरकार बन्ने एकथरी संविधानविद्हरुको तर्क छ ।

७६(२) अन्तर्गत कुनै प्रतिनिधि सभा सदस्यलाई बहुमत सदस्यहरुको विश्वासको मत आउने अवस्था रहुन्जेलसम्म सोही धारामा सरकार बनाउन कुनै बाधा नपर्ने अर्कोथरी तर्क छ । राजनीतिक दल मात्रै होइन नयाँ सरकार गठनलाई लिएर कानुनविद समेत विभाजित भएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र संविधानको धारा ७६ को २ अनुसार नै प्रधानमन्त्री नियुक्त भए यो बिषय सर्बोच्च अदालत लिएर जानेहरुको लाइन नै लाग्ने पक्कापक्की छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रचण्डले संसद, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #विश्वासको मत पाउने

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं