स्यूचाटार र तारकेश्वर समितिबीच भयो खानेपानी सम्बन्धि छलफल
काठमाडौं । नार्गाजुन नगरपालिका १० साविक स्यूचाटार वडा ५ मा तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा छलफल भएको छ । छलफलमा स्यूचाटार वडा–५ मा खानेपानीको समस्या र समाधानका बारेमा छलफल भएको हो ।
छलफलमा सहभागि भएका उपभोक्ताहरुले समितिका पदाधिकारीलाई भैरवी ओभरहेड ट्याङ्की बाट नियमित पानी कहिलेबाट वितरण हुन्छ भन्दै प्रश्न गरेका थिए । उनीहरुले ट्याङ्की, पाईप फुट्ने समस्याबाट आजित भएको गुनासो समेत सुनाएका थिए । ट्याङ्की निर्माण अवधिमा प्रयोग गरेका सामुदायिक भवनको कोठा र पानी ट्याङ्की सफा नगरिएको भन्दै उपभोक्ताले प्रश्न उठाएका थिए ।
उपभोक्ताले सबैतिर समान रुपमा पानी बितरण नभएको भन्दै पदाधिकारीलाई जिज्ञासा राखेका थिए । उपभोक्ताले गुनासो गरेपछि तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रधुम्न के.सीले अब कुनै समस्या नआउने दाबी गरे ।
ओभरहेड ट्याङ्की निमार्णको समयमा खानेपानी समितिको अध्यक्षमा आफू नरहेको र ट्याङ्की निर्माण समिति पनी छुटै रहेको जानकारी केसीले दिएका छन् । उनले ट्याङ्की निमार्णको क्रममा प्रयोग भएका पानी ट्याङ्की र कोठा सफा गरिदिने पानी छान्न प्रयोग हुने फुटेको हिलट्याङ्की र पानीका पाईपहरुको समस्या चाडै समाधान हुने प्रतिबद्वता समेत जनाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपभोक्ता समिति
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्