संदीय छानबिन समिति बनाउने कांग्रेसको अडान यथावत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनैपर्ने अडान दोहोर्याएको छ ।
आइतबारको प्रतिनिधिसभाको सुरुवातमै कांग्रेस सांसद संजयकुमार गौतमले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारे ।
कांग्रेसले बारम्बार प्रश्न उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुखले जवाफ दिएपनि त्यसले थप संशय पैदा भएको सांसद गौतमको भनाइ छ । सांसद गौतमले कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर नभई बचतकर्ता पीडितहरूले न्याय पाउन् भनेर यो विषय गम्भीरताका साथ उठाएको बताए ।
उनले यो प्रश्न कानूनी मात्र नभई नैतिकताको पनि भएकाले गृहमन्त्री स्वंयमले पनि गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध छानबिन समिति नबनाइए आजदेखि सदन अवरोध गर्ने जनाएको थियो । तर, उसले सदन अवरोध नगरेपनि आफूहरूको अडान कायमै रहेको दोहोर्याएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रमुख प्रतिपक्षी, #संदीय समिति
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्