निर्वाचन आयोगद्धारा प्रमुख दलका नेतासहित २४ सय जनालाई तोक्यो १५ हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरुप १५ हजार जरिवाना तोकेको छ ।
आयोगले आज एक सूचना जारी गरी चुनावमा भएको खर्च नबुझाउने प्रतिनिधिसभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रति व्यक्ति १५ हजारका दरले जरिवाना तोकेको हो ।
निर्वाचन आयोगले तोकिएको जरिवानाका साथ सात दिनभित्रमा निर्वाचन खर्चसमेत पेस गर्न निर्देशन दिएको छ । यसरी खर्च पेस नगरी कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एमाले नेता राजन भट्टराई, जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठी, रास्वपाकी सांसद सोविता गौतम, पूर्वसभामुख ओनसरी घर्तीसहितका नेताहरु रहेका छन् ।
आयोगले ५ सय ३ जना स्वतन्त्र उम्मेदवार, नेपाली कांग्रेसका २१ जना, नेकपा एमालेका १८, राष्ट्रिय स्वतन्त्र पार्टीका ३९ जनासहित २ हजार ४ सय ३५ जनालाई जनही १५ हजार रुपैया जरिवाना तोकेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निर्वाचनको चुनाव, #प्रतिनिधिसभा
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्