९० देखि ५४० रुपैयाँसम्म घट्यो हवाइ भाडा
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाइ यात्राको भाडा घटाएको हो ।
सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५ सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ।
यसैगरी काठमाडौं–भद्रपुरको ३००, काठमाडौं–विराटनगरको २४०, काठमाडौं–धनगढीको ४४५, काठमाडौं–नेपालगञ्जको ३२५, काठमाडौं–भैरहवाको २१० र काठमाडौं–सुर्खेतको भाडा ३४५ ले घटेको छ।
मंगलबार नेपाल आयल निगमले हवाइ इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। सोही आधारमा बुधबार भाडा घटाइएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाल आयल निगम, #हवाइ यात्राको भाडा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्