साफ च्याम्पियनसीप आजबाट, उद्घाटन खेलमा नेपाल र कुवेतबीच भिडन्त
काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दैछ । भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ ।
दुई आमन्त्रित र साफका ६ राष्ट्र गरी ८ टोलीले च्याम्पियनसीपमा सहभागीता जनाउने छन् । फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत १४३ औं स्थानमा छ । कुवेत वरियताको आधारमा हेर्ने हो भने नेपाल भन्दा बलियो देखिन्छ ।
कुवेतले दश पटक अरेवियन गल्प कप जितिसकेको छ भने दश पटक एसियन कप समेत खेलिसकेको छ । साथै एक पटक विश्वकप समेत खेलेको छ । कुवेत र नेपालले अहिलेसम्म ९ खेल खेलेका छन् ।
नेपालले १ खेल मात्र बराबरीमा रोकेको छ भने बाँकी ८ खेल हारेको छ । नेपाल र कुवेतसँगै समूह ए मा आयोजक भारत र पाकिस्तान रहेको छ । पाकिस्तान र भारतबीचको दोस्रो खेल राति पौने ८ बजे हुनेछ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #४ औं संस्करण, #साफ च्याम्पियनसीप
ताजा खबर
- १राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति
- २बालेनभन्दा ७० प्रतिशत भोट ल्याएर जित्ने एमाले अध्यक्ष ओलीको दाबी
- ३प्रतिनिधिसभा निर्वाचनः यी ४ जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी
- ४यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
- ५प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ



तपाईको कमेन्ट लेख्नुहोस्