Techie IT
  • १९ असार २०८२, बिहीबार
KhojPatrika

भारतीय प्रधानमन्त्री मोदीले भने सीमा विवाद छिट्टै सामाधान गर्छौ


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ दिन काम गरिरहने बताएका हुन् ।

उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।’ नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता पनि भएको छ । भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए ।

उनले भने, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार बिजुली आयात गर्ने लक्ष्य लिएका छौँ । खुर्कोट–कणाली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताले हाम्रो ऊर्जा सम्बन्धलाई थप मजबुत बनाउने छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध आफ्नो कार्यकालमा सुदृढ हुँदै गएको बताए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नरेन्द्र मोदी, #मोदीले नेपालसँग, #सीमा लगायतका सबै समस्या

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं