रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कसरी भयो जिप दुर्घटना ? घाईतको हेलिकप्टरबाट उद्धार
काठमाडौं । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ को टुरीधारा मोसेखोलामा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा २२ दिनको बच्चा र आमा सहित ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ५ कि रेखा केसी, उहाँका २२ दिनका छोरा, सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शितला केसी रहेका छन् । शितलाको उपचारका लागि लैजादै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि १० जना घाइते भएका छन् ।
गम्भिर घाईते भएका ४ जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज पठाईएको छ । ४ जना घाईतेहरुहको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सानीभेरी गाउँपालिका ५ हाँसुबाट मुसिकोट खलंगा तर्फ आइरहेको लु १ ज १७४७ नम्बरको जिप टुरीधारा मोसेखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । उकालोमा ब्रेक फेल भएको हुनसक्ने आकलन गरिएको छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जिप दुर्घटनामा परि मृत्यु, #रूकुम पश्चिम
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्