लोक गायिका भुमिका गिरीले गरिन अनाथलाई सहयोग
काठमाडौं । पछिल्लो समय जन्मदिनलाई तडक भडकका रुपमा मनाउने गर्दछन् । जन्मदिनमा बिभिन्न तारे होटेलहरुमा मनाउने र धेरै खर्च गर्ने चलनलाई तोड्दै आएकी लोक गायिका भुमिका गिरीले आफ्नो जन्मदिनमा त अनाथलाई सहयोग गर्दै आएकी थिइन । तर, यसपाली भने भर्खरै सल्यानका हिजन बिष्टसँग बिवाह गरेकी भुमिकाले आफ्नो श्रीमानको जन्मदिनको अवसरमा अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गरेकी छन् ।
काठमाण्डौंमा रहेको स्नेहा अनाथ आश्रमाा रहेका बालवालिकालाई दाल, चामल, चिउरा, खाजाको लागी सामाग्री, साबुन स्याम्पोहरु लगाएतका सामाग्री सहयोग गरेकी छन् । भुमिकाले कलाकार इक्कु सुर्यमान शंकरले संचालन गरेको सो आश्रममा सँधै जसो गएर सहयोग गर्दै आएकी थिइन ।
यस पटक भने आफ्नो श्रीमानको जन्मदिनको अवसरमा सहयोग गरेकी हुन् । जन्मदिनमा गरिने खर्च अनाथ र साहाराबिहिनलाई सहयोग गर्दा राम्रो हुने भएकोले सँधैजसो आफ्नो जन्मदिनमा सहयोग गर्दै आएको उनले बताइन् । यसपटक भने श्रीमान हिजनको जन्मदिनको अवसरमा पनि ति बालबालिकालाई सहयोग गरेको भुमिकाले बताइन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, सामाजिक सञ्जाल, साहित्य
ट्याग : #तडक भडक, #भुमिका गिरी, #लोक गायिका
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्