मन्त्री र उच्च तहका कर्मचारीलाई विदेश भ्रमणमा सरकारले लगायो रोक
काठमाडौं । मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारी अति आवश्यकबाहेक विदेश भ्रमणमा जान नपाउने भएका छन् । मन्त्रिपरिषद बैठकले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको हो ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरिएको जानकारी दिइन । देशमा बढिरहेको आर्थिक मन्दीको असर, विदेशी मुद्राको सञ्चितीमा आएको संकुचन, राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थालाई मध्यनजर गरेर सरकारले यस्तो नीति लिएको आँकलन गरिएको छ ।
संघीय सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारी अति आवश्यकबाहेक विदेश भ्रमणमा जान नपाउने निर्णय गरेपनि अहिले प्रदेशका मन्त्री कर्मचारीसँगै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणको होड बाक्लिएको छ । संघीय सरकारले राज्यकोषमा पर्नसक्ने आर्थिक भारको व्यवस्थापनका लागि चालेको कदम तीनै तहका सरकारले लागू गर्नुपर्ने आवाज समेत उठ्न थालेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आवश्यकबाहेक, #रेखा शर्मा
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्