सांसद रघुजी पन्तको गुनासोः राष्ट्रपतिको सवारीले मैले जनताको गालीगलौज सुन्न लोगो छोपे
काठमाडौं । राष्ट्रपतिको सवारीका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी राष्ट्रपतिले नभएर प्रधानमन्त्रीले लिनुपर्ने नेकपा एमाले सांसद रघुजी पन्तले बताएका छन् । आइतबारको संसद् बैठकमा उनले सरकारको कमजोरीका कारण राष्ट्रपति संस्थाप्रति आक्रोश उत्पन्न भएको र व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका हुन्
। ‘राष्ट्रपतिजी संसद्मा सम्बोधन गरेर फर्किनुभयो । त्यसपछिको सडक जामको विषयलाई लिएर राष्ट्रपति, सरकार र सांसदप्रति गालीगलौज भइरहेको छ । देशभरिबाट आक्रोश व्यक्त भइरहेको छ । यसमा दोष राष्ट्रपतिको होइन, सरकार र सुरक्षा संयन्त्रको हो । यसको सम्पूर्ण जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले लिनुपर्छ’, सांसद पन्तले उल्लेख गरे ।
सवारी व्यवस्थापनलाई खुकुलो पार्न पटक–पटक कुरा उठे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको सांसद पन्तको गुनासो छ । उनले यसपटक राष्ट्रपतिको सवारीका बेला आफै पनि जाममा परेको सुनाएका थिए । ‘यसपटक म आफैं पनि एक घण्टा जाममा परेँ । त्यतिञ्जेल सयौँ एम्बुलेन्स पनि जाममा परे, ती एम्बुलेन्समा कस्ता बिरामी थिए ? कत्तिको त जीवन पनि खतरामा पर्यो होला,’ उनले भने, ‘भीडमा नागरिकको गाली सुन्न नसकेर मैले लोगो छोप्नुपर्यो, मुखमा मास्क लगाउनुपर्यो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रपतिको सवारी, #सांसद रघुजी पन्त
ताजा खबर
- १रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
- २सबै जिल्लामा पुग्यो मतदाता शिक्षाका लागि नमुना मतपत्र
- ३क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
- ४जेनजी आन्दोलनबारे ओलीको स्टाटसः १९ जनालाई श्रद्धाञ्जलि दिँदै भने, मैले गोली चलाउने आदेश दिएको छैन
- ५यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा



तपाईको कमेन्ट लेख्नुहोस्